INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-३ पावाका १४ वर्षीय बालक होमनाथ बिकलाई चैत १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २६ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएकाले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष खड्काले जानकारी दिए ।

पीडित बालिकाका अनुसार अर्का आरोपित सोही ठाउँका २० वर्षीय राजेश राई भने फरार रहेका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २ गते जिल्ला अस्पताल खाँदबारीमा गरिएको छ ।

अन्य

भिडियो