१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ चन्द्रागिरी नपा-२ नैकापका २० वर्षीय मनिष मल्ललाई फागुन ३० गते गिरफ्तार गरेको छ ।
त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला निजगढ नपा-४ स्थायी घर भएका २० वर्षीय अर्जुन खत्री र १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा प्रहरी कार्यालय वालिङले स्याङ्जा जिल्ला भिरकोट नपा-१ बस्ने रोशन गुरुङलाई गिरफ्तार गरेको वडा प्रहरी कार्यालय वालिङलका सई नवराज केसीले बताए ।
पीडित बालिकाहरूलाई आरोपितहरूले फागुन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ३० गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३० गते वालिङ प्राथमीक स्वास्थ्य केन्द्रमा गरिएको छ ।