INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा भगवानपुर गाउँपालिका-९ का २३ वर्षीय बैजनाथ दास र बाँके जिल्ला राप्तीसोनरी गाउँपालिका-५ का ३३ वर्षीय खेमराज बैश्यलाई फागुन २९ गते राति छिन्नमस्ता गाउँपालिका-१ बाट गिरफ्तार गरेको छ ।

सखडाबाट काठमाडौँ जाने बा.५ ख ३१४१ नम्बरको माइक्रो बसमा बलात्कार गरिरहेको स्थानीयबासीले सूचना दिएपछि इलाका प्रहरी कार्यालय सखडाले उनीहरूलाई रङ्गेहात गिरफ्तार गरेको हो । दास सो माइक्रो बसका चालक र बैश्य सहचालक हुन् ।

जिल्ला प्रहरी कार्यालयले आरोपितहरूविरुद्ध पीडितले दिएको उजुरी फागुन ३० गते दर्ता गरेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा फागुन ३० गते गरिएको छ ।

अन्य

भिडियो