२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-७ का २८ वर्षीय महेन्द्र पन्धाकलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।
घटना पश्चात फरार आरोपितलाई खोजी गर्ने क्रममा फिदिम नपा-१४ स्थित लुङरूपावाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए ।
पीडितलाई आरोपितले फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २६ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको छ ।