नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय, कञ्चनरुपले फागुन २५ गते उजुरी दर्ता गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको आरोप लगाउँदै पीडितका अभिभावकले फागुन २४ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन २४ गते गरिएको छ । आरोपित हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।