INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २५ गते सुनसरीको बराहा नपा-८ स्थायी घर भई बेलका नपा-९ रामपुरमा बसोबास गर्दै आएका ६२ वर्षीय बृद्ध सुडिलाल चौधरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि फागुन २६ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।

अन्य

भिडियो