INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भङ्गहा नपा-६ हतिसर्वा बस्ने १९ वर्षीय सुभाष विश्वकर्मा, २२ वर्षीय सचिन राय थारू, २२ वर्षीय प्रदीपसिंह थारू, र २६ वर्षीय गोविन्दकुमार रायलाई गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार फागुन २१ गते पीडित युवतीलाई ६ जनाको समूहमा रहेका आरोपितहरूले सामूहिक बलात्कार प्रयास गरेका थिए ।

पीडित युवतीले ६ जना युवक मिलेर आफूलाई नियन्त्रणमा लिई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले फागुन २२ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा फागुन २४ गते ४ जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले बताए । घटनामा संलग्न दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन २२ गते जिल्ला अस्पताल जलेश्वरमा गरिएको छ ।

अन्य

भिडियो