१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा-८ का २२ वर्षीय मनोजकुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा फागुन १९ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन १९ गते उजुरी दिएको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा फागुन १९ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।