INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिती भएकी २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका-४ थप्रेकका ४८ वर्षीय महेन्द्र बिकलाई फागुन १८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले फागुन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण त्रिशूली जिल्ला अस्पतालमा फागुन १८ गते गरिएको छ ।

अन्य

भिडियो