सुस्त मनस्थीति भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठराई गाउँपालिका-४ ईवाका चारजनालाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपमा ७२ वर्षीय महनहि कन्दङवा, ४१ वर्षीय छबिलाल लामगादे, ४५ वर्षीय दिलबहादुर भुसाल र ४६ वर्षीय योगेन्द्र भुजेललाई गिरफ्तार गरिएको इलाका प्रहरी चौकी सक्रान्तिले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १८ गते जिल्ला अस्पतालमा गरिएको छ ।