३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माइजोगमाई-१ का ३६ वर्षीय दिपक भट्टराईलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले फागुन ३ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शिवबहादुर बुढाथोकीले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ३ गते जिल्ला अस्पतालमा गरिएको छ ।