INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १६ वर्षकैद सजायको फैसला

१९ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ३८ वर्षीय बावुलाई १६ वर्षकैद सजायको फैसला सुनाएको छ ।

पीडितलाई ३५ हजार रुपियाँ आरोपितबाट क्षतिपुर्ति भराउने आदेश पनि भएको छ । जिल्ला न्यायाधीश धु्रवकुमार पियाको फागुन १३ गतेको इजलाशले बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

अदालतले बलात्कार गरेकोमा ६ वर्षकैद र हाडनाता करणी गरेकोमा १० वर्षमेत गरी १६ वर्षकैद गर्ने फैसला गरेको हो ।

सुस्त मनस्थितीकी छोरीलाई आरोपितले पटक पटक बलात्कार गर्दै आएका थिए । आमाले थाहा पाएपछि ०७३ चैत २० गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् । आरोपितलाई प्रहरीले चैत २१ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत मकवानपुरले ०७४ वैशाख २२ गते आरोपितलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो