पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा-८ का ३६ वर्षीय भीमबहादुर श्रीमाललाई फागुन ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार फागुन ८ गते सेती अञ्चल अस्तालमा गरिएको छ ।