१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा-९ लामाटारका ५५ वर्षीय गोपी सुनारलाई ०७४ माघ २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक माघ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २८ गते जिल्ला अस्पताल, त्रिशूलीमा गरिएको थियो ।