INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-५ का २३ वर्षीय प्रकाश कुँवरविरूद्ध पीडित पक्षले माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

पीडित युवतीलाई आरोपितले माघ १७ गते बलात्कार गरेको भनी पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित युवतीको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । घटनाका आरोपित फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीपकुमार डिसीले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण माघ १९ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको प्रहरीले जानकारी दिएको छ ।

अन्य

भिडियो