INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१८ वर्षीया युवतीलाई ०७४ माघ ६ गते बलात्कार गरेको अरोपमा प्रहरीले प्युठान जिल्ला खर्वाङ्गका २१ वर्षीय टेकमान घम, सोही ठाउँका १९ वर्षीय अजय विक र तारा पुनमगरलाई माघ १२ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले माघ ७ उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीपकुमार डिसीले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण माघ ७ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको प्रहरीले जानकारी दिएको छ ।

अन्य

भिडियो