१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गौशाला नगरपालिका-९ का १८ वर्षीय विपिन रामलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आरोपितलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
पीडत बालिकाको स्वास्थ्य परीक्षण जलेश्वर स्थित जिल्ला असप्तालमा माघ ९ गते नै गराइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।