तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका फाकफोकथुम-७ का १८ वर्षीय प्रकाश गोदार थापालाई जिल्ला अदालतले ११ वर्षकैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश इन्द्रकुमार चोङटेलीको इजलासले पुस १८ गते बलात्कार कसुर ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (१) अनुसार १० वर्षकैद, सोही महलको ९ (क) बमोजिम थप एक वर्षगरी ११ वर्षकैद र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
थापाले बालिकालाई ०७४ असार १९ गते बलात्कार गरेको भट्टराईले बताए । थापालाई असार २१ गते प्रहरीले गिरफ्तार गरेको थियो ।