६५ वर्षीया फालकुमारी सुनुवारको हत्या गरेको आरोपमा प्रहरीले दुधौली नगरपालिका–१४ भौडी निवासी छोरा ४० वर्षीय तुलाराज सुनुवारलाई ०८२ भदौ १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले आमालाई घरायसी विवादका क्रममा भदौ १५ गते टाउको र छातीमा फलामको गल प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । हत्या गरी भाग्न खोजेका तुलाराजलाई स्थानीयबासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।