INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार अभियुक्त गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ६ वर्षकैद सजाय सुनाइएका फरार अभियुक्त चैनपुरका २५ वर्षीय विनोद अधिकारीलाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ ।

०६९ पुस ३ गते पुनरावेदन अदालत हेटौँडाबाट भएको फैसलाले उनलाई कैद सजाय तोकेको जिल्ला अदालत चितवनका श्रेष्तेदार गेहेन्द्रराज पन्तले बताए ।

पीडित बालिकालाई आरोपितले ०६७ कात्तिक १२ गते बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका अधिकारीले चितवन अदालतको ०६८ मङ्सिर १२ गतेको फैसलाबाट सफाई पाएका थिए । पछि पुनरावेदन अदालतले फैसला उल्ट्याए लगत्तै आरोपित फरार रहेका थिए ।

अन्य

भिडियो