२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले ०८२ साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडितले झाविरुद्ध ०८१ माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी थिइन् । पीडितको तर्फबाट प्रहरीमा उजुरी परे लगत्तै झा फरार रहेका थिए ।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा झा काठमाडैँ लुकेर बसेको गोप्य सूचनाका आधारमा साउन ४ गते गिरफ्तार गरेको काठमाडौंका जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिनु भयो ।
झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । पीडितको स्वास्थ्य परीक्षण २०८१ माघ ४ गते थापाथलीस्थित प्रसुतिगृहमा गरिएको थियो ।
झाविरूद्ध साउन ४ गते देखि नै अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँ दिनको म्याद लिएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकार दिनु भयो।
पीडितलाई काठमाडौँमा घरायसी कामको सहयोगीका रूपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले १७ वर्षको उमेरदेखि विभिन्न प्रलोभनमा पारेर बलात्कार गर्दै आएको पीडितको दाबी छ ।
यसअघि अहिराजले नै पीडित युवती विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । पीडित युवती आपराधिक लाभ सम्बन्धी कसुरमा हाजिर जमानीमा रिहा भएकी थिइन् ।