२३ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै अर्घाखाँची जिल्ला मालरानी गाउँपालिका– ९ का २८ वर्षीय सुरेश खनालविरुद्ध पीडित पक्षले ०८२ साउन २ गते इलाका प्रहरी कार्यालय वुटवलमा उजुरी गरेका छन् ।
आरोपितले महिलालाई असार २८ गते बलात्कार गरेको भनी पीडितले दिएको उजुरीमा उल्लेख छ ।
घटनापछि आरोपित फरार भएकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।