INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मकवापुर जिल्ला मनहरीका २२ वर्षीय निशान गोलेविरुद्ध इलाका प्रहरी कार्यालयमा ०८२ साउन २ गते उजुरी गरेका छन् ।

आरोपितले बालिकालाई असार २२ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो