बोलाईसम्बन्धी अपाङ्गता हुनु भएकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–३ का ४८ वर्षीय धनबहादुर लिम्बूलाई साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ असार २८ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्व असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २९ गते गरिएको छ ।