१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–४ तुनिहवाका २३ वर्षीय रहिस मुसलमानलाई असार २७ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार २४ गते बलात्कार गरेको भनी पीडित पक्षले असार २७ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असार २७ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।