INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–५ का २३ वर्षीय सुबोध महरा चमारविरुद्ध पीडित पक्षले ०८२ असार २६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामो उजुरी गरेको छ ।

आरोपतिले पीडितलाई असार १९ गते बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । घटना पश्चात् आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको डा. नबल किशोर सिंहले जानकारी दिनु भयो ।

अन्य

भिडियो