१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका–१ भेडियाहीका २७ वर्षीय दिपेन्द्र कुमार यादवलाई ०८२ असार १८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई वैशाख २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार १७ गते जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।