INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–४ मौजा बनकट्टीका २१ वर्षीय सन्तोष केवटविरुद्ध पीडितले असार १६ गते इलाका प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा उजुरी दिएकी छन् ।

आरोपितले बालिकालाई वैशाख ३१ गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणी अधिकारीले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १६ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो