INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–६ का १६ वर्षीय बालकलाई ०८२ असार १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार १२ गते बलात्कार गरेको भनी पीडित पक्षले असार १६ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ।

अन्य

भिडियो