१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीका १९ वर्षीय ईमरान अलि मुल्लाहलाई असार १४ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई जेठ ३० गते बलात्कार गरेको भनी पीडितले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परिक्षण असार १४ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।