१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नगरपालिका–१३ का २४ वर्षीय अशोक महतोलाई ०८२ असार १४ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार ५ गते बलात्कार गरेको भनी बालिकाकी आमाले असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
बालिकाको स्वास्थ्य परीक्षण असार ७ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको थियो ।