INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहादी गाउँपालिका– ६ शालिग्रामका २२ वर्षीय बसन्त बिकलाई ०८२ असार ९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण प्रदेश अस्पताल कुश्मा पर्वतमा गरिएको छ ।

अन्य

भिडियो