INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपिवरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका-१३ का २४ वर्षीय अशोक महतोविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८२ असार ७ गते उजुरी दिनुभएको छ ।

आरोपितले पीडित बालिकालाई असार ५ गते आफ्नो कोठामा बोलाएर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असार ७ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले आरोपित महतोलाई एक युवतीले छुरा प्रहार गरेको सूचना आएको बताउनु भयो । घटना बारे प्रहरीले अनुसन्धानको क्रममा पीडितले दिएको बयान अनुसार आरोपित महतोले बलात्कार गरेको रिसमा छुरा प्रहार गरेको डिएसपी पासवानले जानकारी दिनु भयो । त्यसैगरी, चक्कु प्रहारबाट आरोपित घाइते भएकोले आरोपित उपचारमा रहेको डिएसपी उहाँले बताउनु भयो ।

अन्य

भिडियो