INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सञ्जालमार्फत् दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलाको सामाजिक सञ्जालमार्फत् महिलालाई दुर्व्यवहार गरेको आरोपमा भारतको विहार राज्य, बेतया जिल्ला सरिसो बजार सुनलपट्टी स्थायी बसोबास गर्दै आएका २० वर्षीय अम्मरनाथ कुमारलाई प्रहरीले ०८२ असार ६ गते गिरफ्तार गरेको छ ।

पीडितले असार ४ गते दिएको उजुरीको आधारमा धादिङको धुनिवेशी नगरपालिका–८ बाट आरोपित अम्मरनाथलाई गिरफ्तार गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका उप–निर्देशक तथा एसपी दीपकराज अवस्थीले जानकारी दिनु भयो ।

सामाजिक सञ्जाल फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानीका क्रममा पीडितको अश्लिल तस्वीर तथा भिडियो पीडितलाई थाहै नदिई स्क्रिन रेकर्ड गरी उक्त तस्वीर तथा भिडियो फेक फेसबुक एकाउन्टबाट परिवारका सदस्यलाई पठाई चरित्रहत्या गरेको भनी पीडितले दिएको उजुरीका आधारमा व्यक्ति पहिचानका लागि गरिएको प्राविधिक विश्लेषण र अनुसन्धानबाट अम्मरनाथको संलग्नता रहेको एसपी अवस्थीले जानकारी दिनु भयो ।

एसपी अवस्थीका अनुसार आरोपितलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौँको आदेशले पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

अन्य

भिडियो