INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका –८ का १९  वर्षीय  वसन्त बिसीलाई प्रहरीले ०८२ असार ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ७ गते इलाका प्रहरी कार्यालयमा बाँनियाभारमा उजुरी गरेका थिए । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ६  गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।

अन्य

भिडियो