INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई ०८२ असार ४ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई जेठ १४ गते बलात्कार गरेको भनी बालिकाले अभिभावकले असार ४ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी गरेका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इनसपेक्टर खगेन्द्र अधिकारीले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भयो ।

अन्य

भिडियो