INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा बागमती नगरपालिका-४ का ३४ वर्षीय भुपेन्द्र कार्की र ३६ वर्षीय वीरबहादुर कार्कीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा असार ३ गते उजुरी दिनुभएको छ ।

आरोपितद्वयले ०८२ जेठ २३ गते धाक धम्की दिनुका साथै नसालु औषधि सेवन गराइ सामूहिक बलात्कार गरेको पीडित महिलाले बताउनु भयो ।

घटनापश्चात आरोपितहरू फरार भएकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ४ गते जिल्ला अस्पताल मलंगवामा भएको डा. संजिव कुमार सिंहले जानकारी दिनु भयो ।

अन्य

भिडियो