१४ वर्षिया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू रामगोपालपुर नगरपालिका-४ का २० वर्षीय अमन मण्डल र १९ वर्षीय अमित कुमार मण्डलविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा असार १ गते उजुरी दिनुभएको छ ।
०८२ जेठ ३१ गते राति घर बाहिर बसिरहेकी पीडित बालिकालाई मोटरसाइकलमा आएका आरोपितहरूले अपहरण गरी गाउँ नजिकैको पानी उद्योगमा लगि बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
प्रहरीले आरोपितहरूलाई असार १ गते गिरफ्तार गरी थप अनुसन्धा गरिरहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा ०८२ वैशाख ३१ गते भएको प्रहरीले जनाएको छ ।