INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २८ वर्षीय मुकेश यादवविरुद्ध पीडित पक्षले वडा प्रहरी कार्यालय मुजेलियामा असार १ गते उजुरी दिनुभएको छ।

पीडित पक्षका अनुसार जेठ २८ गते आँपको बगैँचामा सुतिरहेकी पीडित महिलालाई आरोपित यादवले धाक धम्की दिई बलात्कार गरेको हो ।

पीडितको स्वास्थ्य परीक्षण असार १ गते प्रादेशिक अस्पताल जनकपुरधाम भयो ।

घटना पश्चात आरोपित फरार भएकोले खोजतलास गरिरहेको वडा प्रहरी कार्यालयका असइ सिकेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अन्य

भिडियो