३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले विष्णु गाउँपालिका-३ का ४२ वर्षीय भुपेन्द्र कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा असार २ गते उजुरी दिनुभएको छ ।
आरोपितले पीडित महिलालाई ०८२ जेठ १३ गते धाक धम्की दिई बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
घटनापश्चात आरोपित महतो फरार भएकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको डा. संजिव कुमार सिंहले जानकारी दिनु भयो ।