INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुम्लु गाउँपालिका–४ उर्लेनीका २९ वर्षीय प्रनिश लामालाई प्रहरीले ०८२ असार २ गते गिरफ्तार गरेको छ ।

पीडितले आफूलाई घरमा सुतिरहेको अवस्थामा ०८२ जेठ २८ गते राति बलात्कार गरेको भन्दै आरोपित लामाविरुद्ध जेठ ३० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा जेठ ३० गते गरियो । आरोपितलाई हिरासतमा राखि अनुसन्धान भइरहेको डिएसपी मिनबहादुर घलेले बताउनुभयो ।

अन्य

भिडियो