INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २८ वर्षीय असगर साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगञ्जमा असार १ गते उजुरी दिनुभएको छ ।

आरोपितले जेठ २२ गते पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । कोही नभएको मौका छोपी आरोपित साहले पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षले जानकारी दिनु भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर उमाकान्त जोसीले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलंगवामा असार १ गते भएको डा. सन्जिव कुमार सिंहले बताउनु भयो ।

अन्य

भिडियो