INSEC Online

📅 २०८३ जेष्ठ २१

बालयौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बलेफी गाउँपालिका—८ का २७ वर्षीय विकाश पराजुली र सोही ठाउँका २४ वर्षीय नकुल कार्कीलाई ०८२ जेठ ३१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितहरुले पीडित बालिकालाई ०८२ जेठ २२ गते फकाएर घरभन्दा केही पर लगेर यौन दुव्र्यवहार गरेको पीडितपक्षको आरोप छ ।

पीडितको तर्फबाट पीडितकी आमाले ०८२ जेठ २५ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी गरेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २५ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा भयो ।

यस घटनामा नेपालको संविधान २०७२ को भाग ३ को धारा ३९ र मुलुकी ऐनको अपराध ऐन सङ्ग्रहको परिच्छेद १८ को करणी सम्वन्धी कसूरको धारा २२४ (१) अनुसारको अधिकार हनन् भएकोले आरोपितहरूलाई कानुनमा उल्लेख भएअनुसारको हदैसम्मको कारबाहीके माग पीडितपक्षको रहेको छ ।

अन्य

भिडियो