६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–२ का ४७ वर्षीय बासुदेव अहिर विरुद्ध पीडित पक्षले ०८२ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
आरोपितले पीडित महिलालाई जेठ २२ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।