२० वर्षीया महिलालाई जबरजस्ती औषधी सेवन गराई गर्भपतन गराएको आरोपमा उनका सासु र ससुरालाई प्रहरीले जेठ २८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाका अनुसार ०८२ जेठ २७ गते राती सुतिरहेको अवस्थामा सासु र सासुराले जबरजस्ती औषधी खुवाएको र केही समय पछि पेटमा असह्य पीडा भएपछि स्थानीयको सहयोगमा प्रहरीसमक्ष पुगेको हो ।
प्रहरीले पीडितलाई उपचारको लागि जेठ २७ गते गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगेकोमा अस्पतालका मेसु डा. प्रकाशप्रसाद साहले दुखाइ र रक्तस्रावका कारण गर्भपतन भएको बताउनु भयो । पीडित १७ हप्ताको गर्भवति थिइन् डा. साहले जानकारी दिनुभयो ।
आरोपित सासु र ससुरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो । साथै दोषीहरू उपर कानुन बमोजिम कारबाही प्रकृया अगाडि बढाइने एसपी खतिवडाले बताउनु भयो ।