INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेका घटनाका आरोपित सिरहा नगरपालिका–५ का ३२ वर्षीय धनेश्वर दासविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले जेठ १९ गते दर्ता गरेको छ ।

आरोपितले महिलालाई ०८२ जेठ ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ १८ गते उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा जेठ १८ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्र कुमार पासवानका अनुसार आरोपित फरार रहेकोले खोज तलास गरिरहेको बताए ।

अन्य

भिडियो