२५ वर्षीया महिलालाई बलात्कार गरेका घटनाका आरोपित गोलबजार नगरपालिका-११ का २५ वर्षीय गोपाल प्रसाद साहविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले जेठ १९ गते दर्ता गरेको छ ।
आरोपितले महिलालाई ०८२ जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८२ जेठ १८ गते उजुरी दिएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा जेठ १८ गते भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्र कुमार पासवानका अनुसार आरोपित फरार रहेकोले खोज तलास गरिरहेको बताउनु भयो ।