२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका-७ पापुङदेनका ५३ वर्षीय रत्नकुमार आङवोलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८२ जेठ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २५ गते गरिएको छ ।