२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माेलुङ गाउँपालिका-७ का २४ वर्षीय साेनाम शेर्पालाई जेठ २४ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०८२ जेठ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २४ गते गरिएको छ ।