१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ वनगाउँ दक्षिणपूर्वाका २३ वर्षीय ओमप्रकाश घर्तीमगरलाई ०८२ जेठ १९ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले जेठ १५ गते घरमा सुतेकोे मौका पारी बलात्कार गरेको घटना गाउँमै मिलाउन खोजिएको भए पनि पीडितले कानुनी प्रक्रियामा जाने भनेपछि पीडित पक्षले जेठ १८ गते प्रहरीमा उजृरी दिएको टिकापुर नगरपालिका–१ वनगाउँ दक्षिणपूर्वाका बडघर दलबहादुर घर्तीमगरले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी नविनराज बुढाथोकीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको छ ।